९ भाद्र २०८३, मंगलवार
,
Latest
बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ



अ+ अ-

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ तथा लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका-४ बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका-७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् ।

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र बहादुर समेत ६ जनालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।