२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग

धानबालीमा गवारो र डडुवा रोगले किसान चिन्तित

धानबालीमा गवारो र डडुवा रोगले किसान चिन्तित
अ अ+ अ-

विराटनगर । धान यो वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरी यो वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी थिए । तर गाँज बढिरहेको बेलामा रोग देखिएपछि उहाँलाई चिन्ता परेको छ ।

“केही दिनअघिसम्म खेतमा लगाएको धान राम्रो थियो । अहिले गाँज बढिरहेको बेलामा केही ठाउँको धानमा गुवो काटिएको देखिएको छ”, उहाँले भन्नुभयो, “हामीलाई कीटनाशक औषधि र प्राविधिकको खाँचो छ ।” 

चौधरी मात्र होइन, पूर्वका सुनसरी, मोरङ र झापाका धेरै किसान  अहिले धानमा रोग देखिएपछि चिन्तित भएका छन् । अहिले गुणस्तरीय बिउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा किसान समस्यामा आएको चौधरीको भनाइ छ । गाँज बढिरहेको बेलामा धानबालीमा गवारो र डढुवा नामको रोग देखिएको हो । गवारो रोगका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । 
    
कृषि विकास निर्देशनालय विराटनगरका अनुसार अहिले पूर्वका सुनसरी, मोरङ र झापाका किसानले लगाएको धानबालीमा गवारो र डढुवा रोग लागेको देखिएको छ । यसप्रति तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ । 

खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने हो, त्यसको सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ । कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले धानबालीमा देखिएको यो रोग नियन्त्रणका लागि किसानले गवारो माउ पुतली र फुलको थुप्राहरु पहिचान गरी त्यसलाई नष्ट गर्नुपर्ने, प्रकाश÷उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो । 

धानको गाँज बढिरहेको बेलामा गुवो खाइदिने समस्या भएपछि किसानहरु अहिले मर्माहत बनेका छन् । लामो सयमपछि यसवर्ष पूर्व क्षेत्रमा ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । कार्यालय अनुसार गएको वर्षमा यस क्षेत्रमा ५६ दशमलव ७४ प्रतिशत अर्थात एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा मात्र धानबाली लगाइएको थियो भने यसवर्ष तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान खेती भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताउनुभयो ।

बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्राविधिकलाई फिल्डमा निस्कन समस्या परेको बताइएको छ । “अहिले कोरोना सङ्क्रमणको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत छैन”, प्राविधिकहरु भन्छन्, “भ्याएसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौं ।” समयमै रोपाइँ गरेको र पानी पनि पर्याप्त भएको हुँदा यसपालि राम्रो उत्पादन लिने आसमा रहेका किसान अहिले किराले बिरुवा सखाप पार्नथालेपछि बिलखबन्द छन् । रोग नियन्त्रणका लागि सरकारले तत्काल पहलकदमी लिनुपर्ने माग किसानको छ ।