काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताउनु भयो । उहाँले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गर्नुभयो । वन सम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताउनु भयो । हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक रहेको बताउनु भयो । नेपालको कुल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले भन्नुभयो, ‘पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेका छन् । वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी छ । वन सम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य छ । हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक छ । नेपालको कुल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी छ ।’
उपराष्ट्रपति यादवले पछिल्लो समय तराई÷मधेसमा पानीको सतह निकै तल गएको, पानीको श्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताउनु भयो । उक्त क्षेत्र मरुभूमिकरण हुने अवस्थामा पुग्न समय नलाक्ष्ने जिकिर गर्नुभयो ।











