एजेन्सी । बिग बोस १३ की प्रतियोगी माहिरा शर्माको भारतीय क्रिकेटर मोहम्मद सिराजसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ ।
सन् २०२३ मा पनि सिराज र माहिरा डेट गरिरहेका थिए भन्ने हल्ला फैलिएको थियो । यसपछि नोभेम्बर २०२४ मा सिराजले माहिराको एउटा इन्स्टाग्राम तस्विर लाइक गरे, जसले दुवैको सम्बन्धमा रहेको हल्लालाई थप तीव्र बनायो ।
बिग बोस फेम स्टार माहिराले भने सिराजसँगको डेटिङको हल्लामाथि मौन धारण गर्दै आएकी छिन् । हालै फिल्मी ज्ञानसँगको एक अन्तर्वार्तामा माहिरालाई सिराजसँगको सम्बन्धको बारेमा सोध्दा उनले भनिन्, ‘म कसैलाई डेट गरिरहेकी छैन । म यस्तो खबरमा केही प्रतिक्रिया दिन चाहन्नँ । मेरो नाम को स्टारसँग पनि जोडिइरहेको हुन्छ। जसलाई म कन्ट्रोल गर्न सक्दिनँ ।’
माहिरा नागिन ३, राराडुआ रिटर्न्स र बिग बोस १३ बाट चर्चामा आएकी थिइन् । उनले यसअघि बिग बोस १३ का सह(प्रतियोगी पारस छाबडासँग डेट गरेकी थिइन् । करिब दुई वर्ष पहिला उनीहरूको ब्रेकअपको खबर बाहिरिएको थियो ।










