२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनलाई दिँदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सहयोग रोक्ने निर्णय गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका हुन् ।

युक्रेनले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ ।

ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’

खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता तनावपूर्ण ढंगले सकिएको थियो । त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई भने कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका थिए ।

स्टेइमर र जेलेन्स्कीको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ । त्यसपछि बेलायती प्रधानमन्त्रीले हतियार खरिदका लागि युक्रेनलाई दुई अर्ब डलर सहयोगको घोषणासमेत गरिसकेका छन् ।

युरोपेली देशका शीर्ष नेताले बैठक गरेरै युक्रेनलाई साथ दिने निर्णयसमेत गरिसकेका छन् ।