१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसीमा



अ+ अ-

वासिङ्टन डिसी। युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसी पुग्नु भएको छ ।

रूस र अमेरिकाबीच युक्रेन मामिलालाई लिएर साउदी अरबमा वार्ता सुरू भएसँगै युक्रेनले त्यस वार्ताप्रति शंसय राख्दै असन्तोष जनाएको थियो । खासगरी युद्धरत युक्रेनलाई वार्तामा सहभागी नगराएको भन्दै जिलेन्स्किले रोश प्रकट गरेका थिए । युरोपेली मुलुकहरूले पनि युक्रेनको माग जायज रहेको बताएका थिए ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले जिलेन्स्कीलाई ‘डिक्टेटर’ को संज्ञा दिँदै अमेरिकाले युक्रेनमा थप आर्थिक, सैनिक र राजनीतिक सहयोग र समर्थन नगर्ने बताएका थिए ।

यसबीच अमेरिकालाई फकाउन जिलेन्स्कीले दुईवटा प्रस्ताव अघि सारे: १, युक्रेनमा शान्ति कायम भए राष्ट्रपति पद त्याग्न तयार छु , र २, अमेरिकी माग बमोजिम युक्रेनका क्रिटिकल खनिज (विद्युत गाडीको लागि जरूरी खनिजहरू जस्तै लिथियम) अमेरिकालाई दिने । जिलेन्स्कीले यी शर्तहरू अघि सार्दै गर्दा युक्रेनको सुरक्षा प्रत्याभूति अमेरिकाले गरिदिनु पर्ने शर्त अघि सारेका छन् ।

के जिलेन्स्कीको यो शर्त ट्रम्पले स्वीकार गर्लान् ? यसको अझै टुंगो छैन । उनले युक्रेनी नेतृत्वमाथि निरन्तर दबाब बढाइरहेका छन् । युक्रेन मामिलामा छलफल गर्न हालै वासिङ्टन पुगेका फ्रेन्च राष्ट्रपति इमानुएल म्याँक्रो र बेयायती प्रधानमन्त्री केर स्टार्मरलाई ट्रम्पले खासै महत्व दिएनन् ।

ट्रम्पले युक्रेनलाई युरोपले सहयोग गर्न र सुरक्षा प्रत्याभूति दिन सक्ने सुझाएर बल युरोपेली मुलुकको कोर्टमा फालिदिएका छन् । अमेरिकी आडभरोसा र सहयोग बेगर युक्रेनको अस्तित्व नै संकटमा पर्ने निश्चित छ किनभने अहिले रसियालाई रोक्न युद्धभूमिमा अमेरिकी हतियार नै सार्थक सिद्ध भएका छन् ।

यहाँनेर भुल्न नहुने कुरा के भने अमेरिकाको राष्ट्रपति निर्वाचित भए रूस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पले चुनावी प्रचारका क्रममा बताउँदै आएका थिए । नेपाली सहित लाखौंको ज्यान लिइसकेको यो युद्ध के कसरी अन्त्य हुन्छ हेर्न बाँकी छ ।