९ भाद्र २०८३, मंगलवार
,
Latest
बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न १० जना व्यक्तिहरु नियन्त्रणमा



अ+ अ-

काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले कंलकी देखि नयाँ बसपार्क तर्फ आउंदै गरेका ५१ बर्षीय एक पुरुष व्यक्तिको ब्यागमा रहेको रु ५०,००० (पचास हजार) पाकेटमार गरि फरार भएका ३६ बर्षको श्याम तामाङ र ३२ बर्षको सुमन मगरसमेत २ जनालाई नियन्त्रण लिएको छ।

पक्राउ पर्ने  जिल्ला काभ्रे, मनन्देउपुर गा.पा १० घर भई हल भक्तपुर बस्ने बर्ष ३६को श्याम तामंग, जिल्ला काभ्रे, बेथानचोक गा.पा ०६ घर भई हाल ललितपुर ग्वार्को बस्ने बर्ष ३२को सुमन मगर, जिल्ल्ला धादिङ,थाक्रे गा.पा ०१ घर भई बस्ने २७को बिदुर कमल,जिल्ला धादिङ, गल्छी गा.पा घर भई बस्ने बर्ष २८को बिबेक ढुङ्गाना, जिल्ला सिन्धुपाल्चोक,मेलम्ची न.पा ०२ घर भई बस्ने बर्ष २५ को विकास तामाङ,जिल्ला काभ्रे, पाँचखाल न.पा ०८ घर भई बर्ष ३७ को सन बहादुर तामाङ,जीला सिन्धुली, सुनकोशी गा.पा ०२ घर भई बस्ने ३१ को शंख बहादुर योन्जन,जिल्ला रौतहट , चन्द्रनिगाहपुर न.पा ०३ घर भइ बस्ने ३८ को आकाश तामाङ, जिल्ला काभ्रे, रोशी गा.पा ०४ घर भई बस्ने ३६ को प्रकाश लामा, जिल्ला काभ्रे गा.पा ०५ बर्ष ३५ को कसाङ तामाङ रहेका छन् ।