काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले कंलकी देखि नयाँ बसपार्क तर्फ आउंदै गरेका ५१ बर्षीय एक पुरुष व्यक्तिको ब्यागमा रहेको रु ५०,००० (पचास हजार) पाकेटमार गरि फरार भएका ३६ बर्षको श्याम तामाङ र ३२ बर्षको सुमन मगरसमेत २ जनालाई नियन्त्रण लिएको छ।
पक्राउ पर्ने जिल्ला काभ्रे, मनन्देउपुर गा.पा १० घर भई हल भक्तपुर बस्ने बर्ष ३६को श्याम तामंग, जिल्ला काभ्रे, बेथानचोक गा.पा ०६ घर भई हाल ललितपुर ग्वार्को बस्ने बर्ष ३२को सुमन मगर, जिल्ल्ला धादिङ,थाक्रे गा.पा ०१ घर भई बस्ने २७को बिदुर कमल,जिल्ला धादिङ, गल्छी गा.पा घर भई बस्ने बर्ष २८को बिबेक ढुङ्गाना, जिल्ला सिन्धुपाल्चोक,मेलम्ची न.पा ०२ घर भई बस्ने बर्ष २५ को विकास तामाङ,जिल्ला काभ्रे, पाँचखाल न.पा ०८ घर भई बर्ष ३७ को सन बहादुर तामाङ,जीला सिन्धुली, सुनकोशी गा.पा ०२ घर भई बस्ने ३१ को शंख बहादुर योन्जन,जिल्ला रौतहट , चन्द्रनिगाहपुर न.पा ०३ घर भइ बस्ने ३८ को आकाश तामाङ, जिल्ला काभ्रे, रोशी गा.पा ०४ घर भई बस्ने ३६ को प्रकाश लामा, जिल्ला काभ्रे गा.पा ०५ बर्ष ३५ को कसाङ तामाङ रहेका छन् ।










