२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

संक्रमितलाई पाइलैपिच्छे सास्ती

संक्रमितलाई पाइलैपिच्छे सास्ती
अ अ+ अ-

काठमाडौँ । भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए ।
अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको सोह्रौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भएर घर आउँदा परिवारका कोही थिएनन् । अघिल्लो दिनै संक्रमण देखिएर उनका श्रीमती, छोरा र सालो आइसोलेसन गइसकेका थिए ।

ती पुरुषलाई कोरोना पोजिटिभ देखिएको नवौं दिनमा परिवारजनको स्वाब संकलन गरिएको थियो । तेस्रो दिनमा पीसीआर रिपोर्ट पोजिटिभ आयो । उनका छोरा र सालोलाई लक्षण पनि देखिएको थियो । उनीहरूले आइसोलेसनमा जान चाहँदा स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिने भयो । संक्रमितलाई आइसोलेसनमा पठाउन बाँकी नै थियो । तर उनीहरूको बसेको घर छेउमा प्रहरीले कोरोना संक्रमित क्षेत्र भनेर कागज टाँसिसकेको थियो । ‘कोरोना पोजिटिभ देखिनेबित्तिकै समुदायमा सबै जना डराएका थिए । संक्रमित भएको थाहा पाएको तीन दिनसम्म पनि घरमै बसेपछि हल्ला फैलियो,’ संक्रमित महिलाले भनिन्, ‘त्यसपछि हामीलाई विभेद हुन थाल्यो ।’

संक्रमित तीन जनाले वडा र जनस्वास्थ्यले ढिलाइ गरिदिँदा आइसोलेसन सेन्टर जान तीन दिन कुर्नुपरेको थियो । ‘त्यो पनि भनसुन गर्नुपर्‍यो,’ संक्रमितका आफन्त सुमन लुइँटेलले भने, ‘टोलमा अझै कन्ट्याक्ट ट्रेसिङ भएको छैन ।’ संक्रमितलाई अस्पताल भर्ना गर्न र एम्बुलेन्सको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता, टेकु अस्पतालका निर्देशकलाई हारगुहार गरेको उनले बताए । यसअघि ईडीसीडीले संक्रमितलाई सिधै आइसोलेसनमा पठाउँथ्यो । मन्त्रालयको सिफारिसमा मात्रै आइसोलेसनमा जान पाइने व्यवस्थाले संक्रमितलाई सास्ती थपेको छ । लुइँटेलका अनुसार वडाले जिल्लालाई, जिल्लाले मन्त्रालयमा जानकारी गराएपछि मात्रै उनीहरूलाई आइसोलेसनमा लगियो । ‘आफूलाई संक्रमण भएपछि चिन्तामा परेकाहरूलाई व्यवस्थापन गर्ने प्रक्रिया नै झन्झटिलो रहेछ । यसले झन् पीडा थप्दो रहेछ,’ लुइँटेलले भने । संक्रमित भएको क्षेत्रमा निर्मलीकरण पनि आफ्नै खर्चमा गर्नुपरेको उनले सुनाए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले लक्षण नभएका संक्रमितलाई पनि अस्पतालमा भर्ना गर्दा लक्षण देखिएकालाई उपचार गर्न शय्या अभाव हुने भएकाले मन्त्रालयको सहमति चाहिने व्यवस्था गर्नुपरेको बताए । ‘संक्रमितलाई झन्झट र पीडा हुने प्रावधान राखेका छैनौं,’ उनले भने, ‘भर्ना हुन स्थानीय तहको कुनै पनि सिफारिस आवश्यक पर्दैन ।’ अस्पताल गएपछि पनि कष्ट खेप्नुपर्छ । काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटको आइसोलेसनमा बसेका प्रहरी प्रधान कार्यालयका प्रहरीले अस्पतालको सेवाको असुन्तष्टि जनाएका छन् । अस्पतालको आइसोलेसनमा रहँदा दिनहुॅ नजाँचिदिँदा उनी आत्तिएका थिए । ‘अस्पतालमा सुरुमा जाँदा चिकित्सक र नर्सले अवस्था सोधखोज गरे तर त्यसपछि वास्तै गरेनन,’ डिस्चार्ज भइसकेका उनले भने, ‘केही समस्या भयो भने फोन गर्नु है भन्थे । कहिल्यै डाक्टर आएनन् ।’ त्यहाँ लक्षण नभएका पुरुषलाई मात्रै आइसोलेसनमा राख्ने गरिन्छ । कान्तिपुर दैनिकमा समाचार छ । कान्तिपुर दैनिक