३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने माग

औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने माग
अ+ अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढेकाले मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास गरी रोजगारीको उपयुक्त अवसर सिर्जना गर्न आग्रह गरे । उनले मुलुकमा गरिब जनताको जीवन कष्टकर हुँदै गएकाले जनजीविका सुधार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे ।

बैठकले लाखौँ जनताको सहकारीमा राखिएको बचत फिर्ता गर्न सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीलगायत वित्तीय क्षेत्रका भ्रष्टलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाहीको माग गरेको छ । वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको महासचिव भुसालले जानकारी दिए ।

भारतको ओडिसा राज्यको कलिङ्गा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराइएको उनले बताए। बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न बैठकले माग गर्दै जाजरकोटसहित पश्चिमका भूकम्पपीडित जनताको आवास पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन, गत असोज १०–१२ को भारी वर्षाका कारण भएका भौतिक क्षतिको पुनःनिर्माण गरी बिपी राजमार्गलगायत स्थानमा यातायात पुनःसञ्चालन गर्न आग्रह गरेको महासचिव भुसालले उल्लेख गरे ।

बैठकले संसद्मा छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयककाबारेमा विज्ञसँग छलफल गरी ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षसँग आह्वान गरेको छ ।

यही फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका दुई सय ९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तत्कालिक कार्ययोजना र पार्टीका तत्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।