४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

नो केबलकार समूहका १५ जना पक्राउ (नामावलीसहित)

नो केबलकार समूहका १५ जना पक्राउ (नामावलीसहित)
अ+ अ-

फुङ्लिङ। ताप्लेजुङमा प्रहरीले १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् ।

नामावलीसहित 
१.ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निवासी ४५ वर्षका नवीन पोमू
२.फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई
३.फालेलुङ गाउँपालिका वडा नं ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ
४.हिलिहाङ गाउँपालिका वडा नं ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन
५.मिक्लाजुङ गाउँपालिका वडा नं ५ घर भई इलाम नगरपालिका वडा नं। ७ निवासी ५१ वर्षका योगेन्द्र लावती
६.आठराई गाउँपालिका वडा नं ७ तेह्रथुम घर  हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी निर्मला बराल (दर्नाल)
७.शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू
८.अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ
९. इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू,
१०.इटहरी उपमहानगरपालिका ३ सुनसरी१९ वर्षका जुरन राई
११.इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ
१२.इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा
१३.इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा
१४.ग्रामथान गाउँपालिका वडा नं ६ मोरङ घर भई हाल सुन्दरहरैचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ
१५.उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू