४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा

रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा
अ+ अ-

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

नियन्त्रणमा रहेकाविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए सोहीअनुसार कारबाही हुने उनले बताए।

गत माघ २७ मा शौच गर्न गएकी रिङ्कुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएको बताइएको छ । उनले आफूमाथि बलात्कार गरेको रिङ्कुले बताएकी थिइन् । घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । त्यसको भोलीपल्ट माघ ३० मा रिङ्कु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन् । जाहेरीमा किटान गरिएका व्यक्ति भने कोही पनि पक्राउ परेका छैनन् ।

रिङ्कुको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए। रासस