२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस–१७’ का विजेता फारुकीविरुद्ध उजुरी



अ+ अ-

एजेन्सी । लोकप्रिय हास्य कलाकार र बिग बोस १७ का विजेता मुनवर फारुकीविरुद्ध उजुरी परेको छ ।

अधिवक्ता अमिता सचदेवले नयाँ दिल्ली प्रहरीलाई इमेल पठाएर हास्यकलाकारमाथि अश्लीलता फैलाएको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाएका छन् ।

अधिवक्ता अमिता सचदेवले सामाजिक सञ्जालमा पोस्ट गरेर गुनासोको बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन् – ‘मुनवर फारुकीविरुद्ध उजुरी दर्ता भएको छ । जियो हटस्टारमा स्ट्रिम भइरहेको शो ‘हफ्ता बसुली’को लागि मैले अपराधी मुनवर फारुकी विरुद्ध उजुरी दायर गरेको छु ।’

केही समययता सो कार्यक्रमका धेरै क्लिप भाइरल भइरहेका छन्, जसमा मुनवर फारुकीले गालीगलौज र अश्लिल कमेन्ट गरेको देखिएको छ । धेरैले शोको आलोचना गर्दै प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।