१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

तन्नेरीले हाँकेको ‘पर्शुराम’

तन्नेरीले हाँकेको ‘पर्शुराम’
अ अ+ अ-

काठमाडौँ । भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित पर्शुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाकाबीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । त्यो पनि पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा ।

पार्टीले विश्वास ग¥यो तर जनताले के गर्लान् रु धेरैको मनमा प्रश्न थियो । जोशी भने चुनाव जित्नेमा ढुक्क । पुरानो पार्टीमा टिकट पाउनु नै जितको सुरुआत ठानेका उहाँमा जनमत पाउने अझ बढी आत्मविश्वास थियो । त्यसको आधार थियो, कोरोना महामारीका समयमा जनताको घरघरमा पुगेर औषधोपचारलगायत तत्कालीन समस्या नजिकबाट नियाल्नु र समाधानमा भूमिका खेल्नु । सङ्कटका बेला साथ दिएका जोशी धेरैजसो स्थानीयका लागि परिचित नै हुनुहुन्थ्यो । अपरिचितमा पनि चुनावी अभियानकै क्रममा आफ्नो मुद्दा बुझाएर आशाको दियो जगाउनुुभयो । फलतः निर्वाचनमा विजयी हुनुभयो ।

देशभर युवापुस्ताको प्रतिनिधित्वको प्रश्न । त्यहीबेला पुरानो लोकतान्त्रिक पार्टीबाट सम्भवतः देशभरकै तन्नेरी (कान्छो) उम्मेदवारको जित । चर्चा थप चुलियो । पार्टीको साधारण कार्यकर्ता, राजनीतिमा नयाँ नयाँ । धेरैलाई चासो थियो, अब नगरमा के हुन्छ भनेर । ‘युवा एजले होइन, एजेण्डा’ले हुने हो भनेर बहस हुने पार्टीमा त झन् चासो हुने नै भयो । यही चर्चा र चासोका बीच उहाँको आधा कार्यकाल बित्यो । उल्लेखित संशय र प्रश्नको जवाफ कसरी दिइरहहनुभएको छ त जोशीले ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “एकाध वर्षमा धेरै परिणाम खोज्न थालियो भने हामी सबै त्यसैमा अल्मलिन्छौँ । त्यसैले विकास भनेको ठूला भवन र पूर्वाधार, चिल्लो सडक र यस्तै कुरालाई सम्झिने परिपाटी छ तर हामीले यहाँको सर्वाङ्गीण विकासको कुरा गरिरहेका छौँ । त्यो भनेको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक जागरण, उद्यमशीलता, नवप्रवर्तन र सामूहिक भावनालाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो सोच छ, सोहीअनुसार काम गरिरहेका छौँ ।”

यही सोचका कारण सकेसम्म आफूले फरक अभ्यास गर्न खोजेको नगरप्रमुख जोशीको दाबी छ । स्थानीय जनजीवनलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक जागरणका काम सँगसँगै अगाडि बढाइएको उहाँको भनाइ छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सेवामार्फत समाज सेवामा जुट्नुभएका जोशीले नगरप्रमुख भएपछि नागरिकमा गुणस्तरीय स्वास्थ्य पहुँच विस्तारमा जोड दिएको बताउनुभयो । “त्यसका लागि नगर अस्पताल सुधारमा लागियो । हाल एक एमडी र तीन जना एमबिबिएस चिकित्सकमार्फत सेवा प्रवाह, बहिरङ्ग सेवा विस्तार, दन्तसेवा प्रवाह, वडामा डाक्टर, नगर क्षेत्रका विद्यार्थीको स्वास्थ्य विवरण तयार गरी विद्यालयमै स्वास्थ्य जाँच, गर्भवतीलाई अन्यत्र रेफर गरे निःशुल्क एम्बुलेन्स सेवा दिने काम भइरहेका छन्”, उहाँले सुनाउनुभयो ।

जोशीले घरघरमा सिंहदरबारको नीतिअनुसार सम्भव भएसम्म सबैजसो सेवा वडाबाटै प्रवाहका लागि पहल गर्नुभएको छ । हाल सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, बैंक खाता सञ्चालन र रकम भुक्तानीको काम वडाबाटै सुरु भएका छन् । शिक्षा सुधारका लागि सामुदायिक विद्यालय सुधार, उच्च शिक्षाका लागि विद्यार्थी सहुलियत कर्जा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, रु एक करोड ६० लाख बढीको आधुनिक पुस्तकालय, गाउँमै लोकसेवा कक्षा, युवालाई ‘करियर काउन्सिलिङ’ जस्ता कार्यक्रम अगाडि बढाइएका छन् । यसका अतिरिक्त उज्यालो नगर, पर्शुराम साहित्य महोत्सव, खेलकुदको प्रवर्द्धनका लागि भलिबल, क्रिकेटमा आफ्नै टोली, बन्द प्रशिक्षणजस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् । पर्शुराम गौरव योजनाअन्तर्गत क्रिकेट रङ्गशाला, कबर्डहल, धार्मिक पर्यटन विकासका लागि पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण योजना, महाकालीमा जलपर्यटन विकासका लागि स्थानीय युवालाई ‘¥याफ्टिङ गाइड तालिम’ दिएर स्वरोजगार बनाउने प्रयासको थालनी भएको छ ।

आफ्नो पालिकामा नागरिकलाई दिने सुविधाबारे चिन्ता त छँदैछ, समग्र सुदूरपश्चिमका विकास प्राथमिकता र सम्भावनाबारे सामूहिक चिन्तनको विकासमा पनि पर्शुराम अगाडि छ । गत पुस १५ र १६ मा सम्पन्न पहिलो सुदूरपश्चिम मेयर फोरमसमेत त्यसैको उपज हो । “हाम्रो प्रदेशमा ८८ वटा पालिका छन् । हामीभन्दा धेरै अनुभवी, स्रोतसाधन सम्पन्न पालिका त अरु पनि छन् तर यो सामूहिक भावनाको विकासको सुरुआत पर्शुरामले नै गरेको छ”, नगरप्रमुख जोशीले भन्नुभयो, “पछिल्लो समय खेलकुदमा युवाको लगाव बढ्दै छ । पर्शुरामको पहिचानका लागि भलिबल र क्रिकेटमा आफ्नै टोली बनाएका छौँ । हालसम्म हाम्रो टोली सहभागी भएका खेलमा राम्रो नतिजा आइरहेको छ ।”

फरक पार्टीबाट भए पनि युवा नै छन् उपप्रमुख विमलाकुमारी बोहरा । हाल प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी कल्पना भट्ट पनि उस्तै । उमेरले मात्रै होइन, कामले पनि तन्नेरी भएको देखाउनु छ नगरप्रमुख जोशीको टोलीलाई ।

प्रमुख प्रशासकीय अधिकृत भट्ट स्थानीय सम्भावनाको प्रवर्द्धन, युवा जनशक्ति, कृषि, धार्मिक पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले काम गरिरहेको बताउनुहुन्छ । स्थानीय आवश्यकता सम्बोधनका साथै पर्शुरामको पहिचान निर्माणका लागि रचनात्मक कार्यक्रम पनि अगाडि बढिरहेका उहाँले बताउनुभयो । “यहाँका गाउँघरमा अहिले महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै देखिन्छन् । हुन त यो देशकै समस्या हो । यो भित्री मधेस हो, तराईबाट नजिक र पहाडसमेत भएको हिसाबले उत्पादनको राम्रो सम्भावना छ । भारत पनि जोडिएकाले व्यापारको त्यत्तिकै सम्भावना छ । सुन्तला, आलु, सिड फ्रुटहरूलगायतको उत्पादन राम्रो हुन्छ । पशुपालन ९भेडा, बाख्रा० को प्रचुर सम्भावना छ । युवालाई यही रोक्न सकियो भने धेरै काम गर्न सकिन्छ । यसमा हाम्रो प्रयास जारी छ”, उहाँले भन्नुभयो ।

भट्टले हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्शुरामधामको विकास, महाकाली नदीको जलस्रोतको उपयोगका विषयमा पनि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पारीको पूर्णागिरिमा त्यत्रो भीड हुन्छ, पर्शुरामधाममा नहुने भन्ने होइन । महाकाली नदीमा पुल र पर्शुरामधामलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसक्यो भने त्यो सम्भावना यहाँ पनि छ । त्यसैले पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण, शिवालयमा धार्मिक बगैँचा, गौशाला र धर्मशाला, ताल निर्माणका काममा लगानी बढाइरहेका छौँ ।”

शैक्षिक कर्जादेखि छोरीबुहारी छात्रवृत्ति

नगरपालिकाले उच्च माध्यामिक शिक्षा परीक्षा (एसइई) वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिनाब्याजमा कर्जा दिइरहेको छ । नगरपालिकाको १४औँ नगरसभाबाट पारित निर्णयअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिनाब्याजमा रू पाँच लाखसम्म कर्जा दिन थालिएको हो ।

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई बिनाब्याज कर्जा दिन थालिएकामा हालसम्म यसबाट ३० जना लाभान्वित भएका छन् ।रासस