२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ अगावै कक्षा १२ को परीक्षा हुने



अ+ अ-

काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव
बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

नयाँ विकल्प
बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।
कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताए । यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

वैधतामा प्रश्न उठ्न नदिऔँ
शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले कक्षा १२ का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउछन् । विद्यार्थीलाई नजिकको विद्यालय या आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उनले परीक्षाको वैधतामा प्रश्नचिह्न उठन थालेकोले यसमा विचार गर्नुपर्ने बताए ।
सरोकारवालाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण नभएको स्थानीय तहमा कक्षा १२ को परीक्षा गर्न सुझाव दिएका छन् । यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाइएको छ । परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा बनाइएको बताए । गोरखापत्र दैनिक