२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद थापाको मागः वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गर्नुभएको छ ।

आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाउनु भयो । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताउनु भयो । यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उहाँको भनाइ छ । दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ । अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु । तर १५ दिन पर्खिंदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन । दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ । डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटी घोषाण गरेरै भन्छु, तपाईंले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु । डट टाइममा बैठक नगर्ने हो भने ।’

उहाँले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गर्नुभयो ।