तनहुँ। तनहुँको व्यास नगरपालिका–६ स्थित सिसाघाटमा आयुर्वेद औषधालयको नवनिर्मित भवन निर्माण गरिएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको रु एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको हो ।
उक्त औषधालयबाट तनहुँसहित छिमेकी लमजुङ र कास्की जिल्लाका बासिन्दालेसहज रूपमा सेवा लिन थालेका छन् । उक्त भवनको केहीदिन अघि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
उद्घाटन पछि नागरिकलाई उपचार सेवा दिन थालिएको व्यास–६ का वडाध्यक्ष एवं शिशाघाट आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।










