२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा प्रदेश सरकारद्वारा बनायो उच्चस्तरीय छानबिन समिति गठन



अ+ अ-

काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाको छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै सदस्य छानबिन समिति गठन गरिएको जनाएको छ ।

समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव, र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने जनाइएको छ ।

विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् ।