२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ: मुख्यमन्त्री कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बालविवाहविरुद्ध प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए। बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको उनको भनाइ थियो।

‘प्रदेश सरकार बालविवाह अन्त्य गर्न नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको छ’, मुख्यमन्त्री कार्कीले भने। उनले प्रदेशमा बालविवाह अन्त्य गर्न पहल गरिए पनि दुर्गम भेगमा यो समस्या विद्यमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ। बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव, सचिवहरु, सामाजिक अभियन्ता, बालबालिकालगायतको उपस्थिति थियो।