४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.22

Wind: 2.57

Humidity: 64

Latest
प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने प्रधानमन्त्रीकै टिम बनाऔंः विश्वप्रकाश शर्मा राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते रास्वपा केन्द्रीय समिति बैठक जारी स्वास्थ्य मन्त्रालयले भन्यो–औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश छैन, यो किराना पसलबाट सामान किनेजस्तो होइन कामपाले हटायो कवाडी सङ्कलन केन्द्र वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी चर्चित फुटबलर रोबर्टो कार्लोस भोलि नेपाल आउँदै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन



अ+ अ-

तम्घास। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ ।

बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गर्नुभएको हो । उहाँले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गर्नुभएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो । उहाँले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै  हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

दोस्रो पटक गुल्मी आउनुभएका प्रचण्डको उपस्थितिले  यहाँका नागरिकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरुको भनाइ छ । पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरुलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रत्यक्ष साक्षत्कार गराएका हुन् । केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै हुनुहुन्छ ।

त्यस पश्चात अध्यक्ष प्रचण्डले आजै  धुर्कोट गाउँपालिकामा निर्माण भएको शहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।