५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुर बस दुर्घटना अपडेट: छ जनाकाे मृत्यु, ४० घाइते (नामावली)



अ+ अ-

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

चाबहिलको मैजुवहालमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि गएको बा २ ख ७९५८ नम्बरको बस नगरकोटबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वर्ष ११ का क्रिशल पुरी, १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र भिमसेनगोला बस्ने वर्ष १४ को सुशाङ्का डोटेल रहेका छन् । उनीहरुमध्ये चार जनाकाे शंखरापुर अस्पताल र अरु दुई जनाकाे नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिपुल्स लाइफ कियर अस्पतालमा उपचारार्थ घाइतेहरू :
१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)बिकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
(२ जनाको नामावली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ :
१)आदित्य सुनार वर्ष १२/१३
२) धिरज साउद वर्ष १४ ,
३) सन्देश गिरि वर्ष १३
४) शुशांक डोटेल उपचारको क्रममा मृत घोषणा ।

एनमसी अस्पतालमा ११ जना र टिचिङ अस्पतालमा ४ जना घाइतेहरू पुर्‍याइएकोमा एनएसमी अस्पतालमा १ जना र टिचिङमा १ जनाको उपचारको क्रममा मृत्यु भएको । (नामावली आउन बाँकी)
जम्मा घाइतेहरू : ४३ जना
मृत्यु : ३ जना
उपचार भइरहेको : ४० जना ।