११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइनः सञ्चारमन्त्री

सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइनः सञ्चारमन्त्री
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ ।’ विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्ने बताउनु भयो ।