काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को सार्वजनिक भएको छ ।
गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको छ । गीतमा मेयर शाहकै संगीत र शब्द समेत छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टले केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डे लगायत फिचर्ड छन् ।
बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘लाज शरणम्’ को केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक भएको थियो ।
फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
फिल्ममा मा सिताराम कट्टेल ‘धुर्मुस’, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।










