२ आश्विन २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा जेन्जी पुस्ताका सांसदसँग विशेष अन्तरक्रिया माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विक्कीले ‘छावा’का लागि २५ किलो तौल बढाएका थिए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विक्की कौशल यतिबेला आफ्नो आगामी फिल्म ‘छावा’लाई लिएर चर्चामा छन् ।

अभिनेताले हालै फिल्ममा आफ्नो र अक्षय खन्नाको चरित्रको बारेमा कुरा गरे । उनले निर्देशक लक्ष्मण उतेकर संभाजी महाराजको लुकलाई लिएर यति गम्भीर भएकाले फिल्मको छायांकन सुरु गर्न अस्वीकार गरेको बताए ।

विक्कीले निर्देशक लक्ष्मण उतेकरसँग आफ्नो उपस्थिति वास्तविक योद्धाको जस्तो नआएसम्म फिल्मको छायांकन सुरु नगर्ने बताएका थिए ।

रेडियो नासासँगको कुराकानीमा विक्की कौशलले भने–‘छावा मेरो करियरको सबैभन्दा कठिन फिल्म हो । संभाजी महाराजको भूमिका निर्वाह गर्न मलाई सहज थिएन । अचानक २५ केजी तौल बढाउन सजिलो नभएकाले शारीरिक रूपमा छावा मेरो लागि सबैभन्दा गाह्रो भूमिका हो । यो तौल बढाउन मलाई ७ महिना लाग्यो ।’

विक्कीले अगाडि भने– ‘छत्रपति संभाजी महाराजको भूमिका निभाउनको लागि मैले कपाल, दाह्री र शरीर बनाएको छु । लक्ष्मण सर छावाले छावालाई यथार्थ देखाउने प्रयास गरेका छन् । फिल्मको ट्रेलरमा २००० जना थिए । वास्तवमा सेटमा २००० मान्छे नै उपस्थित थिए ।’

चलचित्र छावामा विक्की कौशलले छत्रपति संभाजी महाराजको भूमिका निर्वाह गरेका छन् भने रश्मिका मन्दनाले उनकी पत्नी महारानी येसुबाईको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म लेखक शिवाजी सावन्तको उपन्यास छावाको रूपान्तरण हो ।

फिल्ममा विक्की र रश्मिकाका अलावा अक्षय खन्ना, दिव्या दत्त, आशुतोष राणा, डायना पेन्टीको पनि महत्वपूर्ण भूमिका छ । फिल्म फेब्रुअरी १४ मा रिलिज हुनेछ ।