११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछः रेशमलाल चौधरी

मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछः रेशमलाल चौधरी
अ अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताउनु भयो । नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उहाँका भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तपाई हामीले नेपाल जोगाउने, नेपाल बताउने, नेपालभित्रै हलो जोत्ने र साच्चिकै सुन्दर नेपाल बनाउने परिकल्पना गर्नुपर्छ । धेरै भयो क्या । आजभोलि त दुई दलीय मात्र भन्छन् । दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन । हामी त जान्छौं । अमेरिकामा दुई दल मात्रै छन् त ? भारतमा दुई दलमात्रै छन् ? हामी त लोकतन्त्रका सुन्दर गहना हौं । यिनीहरुले बोल्नै दिँदैनन् । अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन् । साच्चिकै एकात्मक शासन व्यवस्थाको शुरुवात गर्ने प्रयत्न हुँदैछ । यो जालो च्यात्नुपर्छ ।’

उहाँले नयाँ शक्तिहरु मिलेर सुन्दर नेपाल बनाउने परिकल्पना गरी अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।