२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछः रेशमलाल चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताउनु भयो । नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उहाँका भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तपाई हामीले नेपाल जोगाउने, नेपाल बताउने, नेपालभित्रै हलो जोत्ने र साच्चिकै सुन्दर नेपाल बनाउने परिकल्पना गर्नुपर्छ । धेरै भयो क्या । आजभोलि त दुई दलीय मात्र भन्छन् । दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन । हामी त जान्छौं । अमेरिकामा दुई दल मात्रै छन् त ? भारतमा दुई दलमात्रै छन् ? हामी त लोकतन्त्रका सुन्दर गहना हौं । यिनीहरुले बोल्नै दिँदैनन् । अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन् । साच्चिकै एकात्मक शासन व्यवस्थाको शुरुवात गर्ने प्रयत्न हुँदैछ । यो जालो च्यात्नुपर्छ ।’

उहाँले नयाँ शक्तिहरु मिलेर सुन्दर नेपाल बनाउने परिकल्पना गरी अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।