२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशप्रति जसपा सकारात्मक, सरकारमा जाने मनशायमा छैनौँः अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

उहाँले संसदबाट अध्यादेशपारित गर्न आफूहरुको कारणले नअड्किएको बताउनु भयो । पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उहाँको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताउनु भयो । सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कहाँ अड्काएका छौँ त । सरकारले कार्यसूचिबाट आफैँ फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रुपले हामी सोच्दैछौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ ।

सरकारले कार्यसूचिमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’

उहाँले अहिले सरकारमा जाने अवस्थामा आफूहरु नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताउनु भयो ।