२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौंः अध्यक्ष बाँस्कोटा



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताउनु भयो ।

उहाँले ठूला राजनीतिक दलहरुमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरु रहेको समेत आरोप लगाउनु भयो । उहाँले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दलको नेतृत्वमा बस्नेहरुले सयौं वर्षसम्म हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भइरहेका दलमा सबैभन्दा ठूला भ्रष्टाचारका फाइलहरु छन् । सबैभन्दा बेथिति तिनै दलहरुमा छन् । हरेक पदका लागि राजनीतिक भागबण्डा भइरहेको छ । अनि हामी कुरा गर्छौं राजनीतिक क्यारेक्टरको । त्यस्तो राजनीतिक क्यारेक्टर हामीसँग छैन ।

हामीले साधारण राजनीतिक आचरण निर्माण गर्न खोज्दैछौं । जसको कारण हामीले बनाएको नीतिबारेमा हामीले जनतासँग जानकारी दिनको लागि जनतामाझ जान सकौं । भ्रष्टाचारका फाइलहरु खोल्नु नपरोस् । हामी सशासनका बारेमा कुरा र बहस गर्छौं । साँच्चिकै सुशासन ल्याउनको लागि हामीले के प्रयास गर्यौँ ? हामी अहिले संविधान संशोधन गर्नुपर्यो भनेर भन्दैछौं ।

संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुपर्यो । राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुप¥यो । तपाईको दलमा एकचोटि आएपछि एक्जिट हुने प्लान नै छैन । तपाई सयौं वर्षसम्म पनि त्यही बसेर सत्ताको हालिमुहाली गर्नुहुन्छ । त्यस्तो चरित्र संशोधन गरौं न । संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि ।’

साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।




भर्खरै