१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे तय भएको बैठक झण्डै दुई घण्टा ढिलागरी सुरु भएको हो ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन)विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन् ।

नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाइ निर्णायार्थ पेस गरिने भएको छ ।

त्यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाइ प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संसोधन) विधेयक, २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन् ।

विधायन विधेयक, २०८० सबन्धमा ‘कानुन, न्याय तथा मानवअधिकारी समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णायार्थ पेस प्रस्तुत गरिनेछ भने कानून मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।