काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
तर, अहिले एक घण्टा बितिसक्दासम्म पनि बैठक सुरु भएको छैन । सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेको बुझिएको छ ।
बैठक केहीबेरमा सुरु हुने उनको उनको सचिवालयले जानकारी दिएको छ । संसद्मा दलहरू अध्यादेशको पक्ष र विपक्षमा छन् ।










