११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

सामाजिक सञ्जाल विधेयकबारे एमाले महासचिव पोखरेल: विगतमा आफैले मस्यौदा गर्न लगाएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो

सामाजिक सञ्जाल विधेयकबारे एमाले महासचिव पोखरेल: विगतमा आफैले मस्यौदा गर्न लगाएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो
file
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नियमन विधेयकमा विपक्षी दलका नेताहरूले देखाएको दोहरो चरित्रप्रति कडा असहमति जनाउनु भएको छ ।

महासचिव पोखरेलले आफैं सहभागी भएर अन्तिम रुप दिइएको विधेयकको विरोध गर्नु अनैतिक कामको संज्ञा दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भन्नुभएको छ, ‘विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो ।’

यस्तो छ  महासचिव पोखरेलको भनाई:

यतिवेलाको चासो र चिन्ता
विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साईवर अपराध रोक्नका लागि । विरोध सुरुभएको छ प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा । सरकारले न प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ । नत त्यसो गर्न संविधानले अनुमति नै दिन्छ । न संसदले नै त्यो काम गर्नेछ ।

सोसल मिडियाको नियमन आवश्यक छ । विधेयक त्यसका लागि नै खाएको छ । विधेयक मुलतः प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग र त्यस मार्फ़त हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्वन्धित छ । साईवर क्राइम सामाजिक संजालको प्रयोगरी गरिने विश्वव्यापी रुपमा स्विकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो । नेपालको क़ानून त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध वढेको तथ्यप्रति आखा चिम्लन मिल्दैन ।

त्यसमाथि विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुरा प्रति नागरिकहरु समेत सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनु पर्दछ ।