५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल विधेयकबारे एमाले महासचिव पोखरेल: विगतमा आफैले मस्यौदा गर्न लगाएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नियमन विधेयकमा विपक्षी दलका नेताहरूले देखाएको दोहरो चरित्रप्रति कडा असहमति जनाउनु भएको छ ।

महासचिव पोखरेलले आफैं सहभागी भएर अन्तिम रुप दिइएको विधेयकको विरोध गर्नु अनैतिक कामको संज्ञा दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भन्नुभएको छ, ‘विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो ।’

यस्तो छ  महासचिव पोखरेलको भनाई:

यतिवेलाको चासो र चिन्ता
विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साईवर अपराध रोक्नका लागि । विरोध सुरुभएको छ प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा । सरकारले न प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ । नत त्यसो गर्न संविधानले अनुमति नै दिन्छ । न संसदले नै त्यो काम गर्नेछ ।

सोसल मिडियाको नियमन आवश्यक छ । विधेयक त्यसका लागि नै खाएको छ । विधेयक मुलतः प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग र त्यस मार्फ़त हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्वन्धित छ । साईवर क्राइम सामाजिक संजालको प्रयोगरी गरिने विश्वव्यापी रुपमा स्विकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो । नेपालको क़ानून त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध वढेको तथ्यप्रति आखा चिम्लन मिल्दैन ।

त्यसमाथि विगतमा आफैले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुरा प्रति नागरिकहरु समेत सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनु पर्दछ ।