काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।
७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस–एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ ।










