२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाकिस्तान–नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२५’ सुरु



अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तान राजदूतावासको आयोजनामा ‘पाकिस्तान–नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२५’ शनिबारबाट सुरू भएको छ।

९ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी छन्। मैत्रिपूर्ण खेल १६ फेब्रअरीमा सम्पन्न हुने दूतावासले जनाएको छ। प्रतियोगिताका खेलहरू नेपालको खेलकुद च्यानल ‘एक्सन स्पोर्ट्स’ र सामाजिक सञ्जालबाट प्रसारण गरिनेछ। दूतावासको आयोजनामा प्रतियोगिताको दशौँ संस्करण सुरू भएको हो।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्णा श्रेष्ठले हरेक वर्ष यो कार्यक्रमको सफलतापूर्वक आयोजना गरेकोमा पाकिस्तान दूतावासको प्रशंसा गर्नुभयो । उहाँले
क्रिकेटका माध्यमबाट दुवै देशका युवाहरू थप नजिक हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले क्रिकेट केवल खेलमात्र नभइ जनतालाई जोड्ने माध्यम भएको बताउनु भयो । जदूत हाश्मीले नेपाल–पाकिस्तान युवा परिषद्को उद्घाटन समेत गर्नुभयाे । उहाँले पाकिस्तान सुटिङ बल टोलीलाई स्वागत गर्दै हालसालै काठमाडौँमा सम्पन्न एसियन सुटिङ बल च्याम्पियनसिपमा उपविजेता बनेकोमा बधाई दिनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे, डेनमार्ककका लागि नेपालका पूर्वराजदूत युवानाथ लम्साल, नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा.मञ्जुरत्न शाक्यलगायतका उपस्थिति रहेको थियो।