४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई



अ+ अ-

धरान । २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ ।

आज धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको होे ।

खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अन्तर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा एनआरटी क्लबका हेनरी पोकुले गोल गर्न सफल भएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५८औँ मिनेटमा एनआरटीका हेनरी पोकुले एक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने यही गोल निर्णायक बन्यो ।

उपाधिसँगै एनआरटी क्लबले नगद रु १० लाख र उपविजेता चर्च ब्वाइजले नगद रु पाँच लाख प्राप्त गरेको छ । आजको खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका हेनरी पोको घोषित भए ।