२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

नियमित उडान सङ्ख्या थप गर्ने, आन्तरिक उडान पनि खोलिने

नियमित उडान सङ्ख्या थप गर्ने, आन्तरिक उडान पनि खोलिने
अ अ+ अ-

काठमाडौँ। सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो । सो छलफलपश्चात् पर्यटनमन्त्री भट्टराईका अनुसार पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी थप उडान अनुमति प्रदान गरिने निर्णय भएको छ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी पनि भएको उनले बताए।

त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ । नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान थपिने भएको छ । यसरी अन्तर्राष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८०० को सङ्ख्यामा विदेशबाट आइरहेकामा यो सङ्ख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ ।

आन्तरिक उडान पनि खोलिने
बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए। जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए । असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरे । मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड सङ्क्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै उहाँले अहिले विदेशबाट फर्किन चाहेका नेपाली र कूटनीतिक नियोगका लागि मात्र उडान अनुमति दिएकामा अब विदेशी कामदारलाई पनि खुला गर्ने विषयमा कुरा भइरहेको जानकारी दिए ।

सीसीएमसीमा मन्त्री भट्टराईले पठाएको प्रस्तावमा विदेशी पर्यटकलाई पनि नेपाल आउन दिने विषय समेटिएको छ । उहाँका अनुसार सरकारको जोड आन्तरिक पर्यटनमै रहेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोभिड सङ्क्रमण कम भएपछि सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई हप्तामा दुई दिन बिदा गरौँ भन्ने प्रस्ताव पनि राखेको उनले जानकारी दिए । त्यसो भयो भने शुक्रबारदेखि दुई दिनसम्म घुम्ने समय मिल्ने भएकाले कम्तीमा ५० लाख आन्तरिक पर्यटक घुम्न निस्किए भने पनि नेपालको पर्यटन व्यवसायलाई सहज हुने उनले धारणा राखे। गोरखापत्र दैनिक