५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा प्राधिकरणका कर्मचारी पक्राउ



अ+ अ-

सिरहा। नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो।

सूचना अधिकारी पासवानका अनुसार जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी काठमाडौँ साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए।