११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी



अ+ अ-

काठमाडौं । अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ । 

निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विषेशगरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ । त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन् । 

आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ । 
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ । यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमणहरु र गतल प्रयासहरु भएको आरोप लागेको थियो । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्याटिक तर्फकी उम्मेदबार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्वन्धी विवरणहरु अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो । अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरु संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ । 

रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्वन्धीत दुईसय भन्दा बढी संगठनहरुलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।