२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुन्डीको ७ लाखसहित पर्सामा एक जना पक्राउ



अ+ अ-

पर्सा। पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन्। साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए। उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।