३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

एकीकृत समाजवादीले तोक्यो विभाग प्रमुख र उपप्रमुख

एकीकृत समाजवादीले तोक्यो विभाग प्रमुख र उपप्रमुख
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३३ विभागमा प्रमुख र उपप्रमुख तोकेको छ । पार्टीले स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनाललाई दिएको छ भने उपप्रमुखमा वरिष्ठ नेताद्धय डा बेदुराम भुसाल र डा विजय पौडेललाई तोकेको छ ।

यस्तै, सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा बेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव तोकिएका छन् । विदेश विभाग प्रमुखमा प्रमेश हमाल र राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेत रहँदा उपप्रमुखमा प्रमोद शर्मा छन् ।

प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईलाई उपप्रमुख तोकेको छ । यस्तै, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, अर्थ योजना विभाग प्रमुखमा डा विजय पौडेल, उपप्रमुखमा डाचन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही तोकिएको छ । कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ रहँदा स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा र डा सीता ढुङगानाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै पार्टीको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा वंशीधर मिश्र र उपप्रमुख राधा सिलवालले पाएका छन् । राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डादेउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल तोकिएका छन् ।

समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् । त्यस्तै, उपभोक्ता हित विभाग प्रमुखमा प्रा डा इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी, श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी सुदेश पराजुली, विज्ञान प्रविधि विभाग प्रमुखमा शंकर पोखरेल,खानेपानी तथा सरसफाइ विभाग प्रमुख चिरञ्जीवी आचार्य र खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल रहेका छन् ।

पार्टीको सहरी विकास विभाग प्रमुखको जिम्मेवारी कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा, उद्योग वाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको छ ।