२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले तोक्यो विभाग प्रमुख र उपप्रमुख



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३३ विभागमा प्रमुख र उपप्रमुख तोकेको छ । पार्टीले स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनाललाई दिएको छ भने उपप्रमुखमा वरिष्ठ नेताद्धय डा बेदुराम भुसाल र डा विजय पौडेललाई तोकेको छ ।

यस्तै, सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा बेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव तोकिएका छन् । विदेश विभाग प्रमुखमा प्रमेश हमाल र राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेत रहँदा उपप्रमुखमा प्रमोद शर्मा छन् ।

प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईलाई उपप्रमुख तोकेको छ । यस्तै, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, अर्थ योजना विभाग प्रमुखमा डा विजय पौडेल, उपप्रमुखमा डाचन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही तोकिएको छ । कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ रहँदा स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा र डा सीता ढुङगानाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै पार्टीको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा वंशीधर मिश्र र उपप्रमुख राधा सिलवालले पाएका छन् । राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डादेउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल तोकिएका छन् ।

समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् । त्यस्तै, उपभोक्ता हित विभाग प्रमुखमा प्रा डा इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी, श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी सुदेश पराजुली, विज्ञान प्रविधि विभाग प्रमुखमा शंकर पोखरेल,खानेपानी तथा सरसफाइ विभाग प्रमुख चिरञ्जीवी आचार्य र खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल रहेका छन् ।

पार्टीको सहरी विकास विभाग प्रमुखको जिम्मेवारी कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा, उद्योग वाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको छ ।