२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतको सेवा विस्तार

सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतको सेवा विस्तार
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना (कोभिड–१९) जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा मात्र सुनुवाइ गरेका थिए । आइतबारदेखि सेवा विस्तार गरेका हुन् तर अझै पनि केही सेवा भने स्थगन नै रहेका छन् ।
सर्वोच्च अदालतले आइतबारदेखि सबै प्रकृतिका रिट तथा पुनरावेदन निवेदन दर्ता र सुनुवाइ सुरु गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । दर्तासँगै प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा सरकारका तर्फबाट दर्ता भएका पुनरावेदनको सुनुवाइ अदालतले प्रारम्भ गरेको छ । यस्तै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसारको थुनछेक उपरको निवेदनको सुनुवाइ पनि सर्वोच्चले प्रारम्भ गरेको छ ।

सोही दफा अन्तर्गतको प्रतिवेदनको सुनुवाइ, मिलापत्र, मुद्दा फिर्ता लगायतका सेवा पनि अदालतले सुरु गरेको छ । यस्तै अदालतले उपत्यकाको हकमा मुद्दाको म्याद र हद म्याद जोर–बिजोर रूपमा सवारीसाधन सञ्चालन भएपछि एक महिनाको समय तोकेको छ । भदौ २५ गतेबाट ३० दिनको समय तोकिएको छ । यस्तै उपत्यका बाहेकको हकमा सार्वजनिक यातायात सञ्चालन भएको र हवाई सेवा सुरु भएको मितिबाट ३० दिनको अवधि कायम हुने सर्वोच्चले जनाएको छ । यस्तै उच्च अदालत पाटनले पनि सबै प्रकारका रिट निवेदन दर्ता र सुनुवाइ गर्नेगरी सेवा विस्तार गरेको छ । यसअघि बन्दी प्रत्यक्षीकरणको मात्र निवेदनमा सुनुवाइ हुने गरेको थियो । अन्तरिम आदेश छलफलको सेवा पनि अदालतले सञ्चालन गरेको छ । यस्तै तल्ला अदालतबाट भएका थुनछेक आदेश उपरका निवेदनको सुनुवाइ पनि अदालतले प्रारम्भ गरेको छ ।

बैङ्किङ कसुर, राजस्व चुहावट सम्बन्धी मुद्दा दर्ता, बयान, थुनछेक, पक्राउ पुर्जीको अनुमति, म्याद थप र समर्थन लगायतका काम पनि आइतबारदेखि प्रारम्भ गरेको छ । फरार अभियुक्तको हकमा बयान दिन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार सरकारका तर्फबाट दर्ता भएका पुनरावेदन र थुनामा रहेका व्यक्ति पुनरावेदक भएका मुद्दाको सुनुवाइ हुनेछ । आवश्यक प्रक्रिया पूरा भएका सबै प्रकारका पुनरावेदन दर्ता आइतबारदेखि सुरु भएको छ । उच्च अदालतले पनि मुद्दाको म्याद र हदम्याद सर्वोच्चले जारी गरेको सूचना अनुसार नै हुने जनाएको छ ।

यस्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालतले पनि आफ्नो सेवा विस्तार गरेका छन् । जिल्ला अदालतमा अब फिराद पत्र, प्रत्युत्तर पत्र दर्ता र पुनरावेदन दर्ता हुनेछन् । ललितपुर जिल्ला अदालतले भने दैनिक पाँचवटा मात्र फिराद दर्ता गर्ने जनाएको छ । फैसला कार्यान्वयनको निवेदन पनि दर्ता हुनेछ । पक्राउ पुर्जीको अनुमति र समर्थन, अभियोग पत्र दर्ता, अभियुक्तको बयान, थुनछेक आदेश लगायतका सेवा आइतबारदेखि सुरु भएका छन् । गोरखापत्र दैनिक