२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल बिक्री वितरणमा लाग्यो रोक, कानुनी कारबाहीको प्रक्रिया अघि बढ्यो

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल बिक्री वितरणमा लाग्यो रोक, कानुनी कारबाहीको प्रक्रिया अघि बढ्यो
अ अ+ अ-

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो । विभागले शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको छ ।

विभागको निर्णयअनुसार जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो । संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०।३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ । मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम ९१६० बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए । गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको जानकारी गराए । अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ ।

उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा उल्लेख छ । जगदम्बा स्टिल प्रालिले फलामका डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो । अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन सो कम्पनीले दिएको बुझिएको छ । यस्तो घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् । उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ ।

उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ । शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक घराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यही ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीबाट बच्न गत ११ चैतबाट सरकारले लगाएको लकडाउनको बेला ज्वरो नाप्न प्रयोग हुने थर्मलगन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन् । केही स्टिल उद्योगले नेपालभित्रै कबाडी फलाम संकलन र प्रशोधन गरी प्रयोग गर्दै आएका छन् । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं प्रशोधन गरी ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा प्रशोधन गरेको ब्लेड किलोमा तीन रुपैयाँ सस्तो पर्ने उद्योगी बताउँछन् । नेपालमा सञ्चालित स्टिल उद्योगले नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय रड उत्पादन गरिरहेको अवस्थामा नाम चलेकै उद्योगबाट गुणस्तरमा खेलाँची गर्नु गम्भीर त्रुटि हो ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक गराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । जगदम्बाको गुणस्तरमा भने यसअघि पनि सधैँ प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएका छन् । अहिले त्यस्तै तनाव जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका उपभोक्ताले भोग्नुपरेको छ । बोहोराटारमा घर निर्माण गरेका भट्टराई आफ्नो बनाउँदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाँचिन थालेपछि त्यस्तै तनाबमा परेका हुन् । तीन तलाको घर सम्पन्न गर्न लागिसकेका भट्टराईले लकडाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा गत २८ साउनको बिहान बेन्डिङ गर्न लागिएका १६ एमएमको जगदम्बाको रड पिटिक्क भाँचिएपछि अन्य रडहरू पनि परीक्षण गर्दा त्यसरी नै भाँचिएका थिए । त्यसपछि मात्र जगदम्बाको कर्तुत बाहिर आएको हो । राजधानी दैनिक