२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

मेथानल मिश्रित स्यानिटाइजर हानिकारक, साबुनपानी नै ‘उत्तम’

मेथानल  मिश्रित स्यानिटाइजर हानिकारक, साबुनपानी नै ‘उत्तम’
अ अ+ अ-

काठमाडौं । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ?  त्यसमाथि बच्चाको हातमा पर्‍यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल  मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्। ‘मेथानल विषाक्त हो। बच्चाबच्चीको कमलो छालामा बारम्बार घस्दा विषाक्त रसायन छालाले सोस्छ। त्यसले दीर्घकालमा दृष्टि क्षमतामा असर गर्छ। मुखमा परे ज्यानसमेत जान्छ’, डा. काफ्ले भन्छन्, ‘साबुनपानीले मिचीमिची हात धुनु जत्तिको राम्रो अरू केही होइन।’ नेपाल औषधि व्यवस्था विभागले विषाक्त स्यानिटाइजर कहाँ कति छ भनेर लेखाजोखा गर्न सकेको छैन। सीमित साधनस्रोत र जनशक्तिका कारण अनुगमन गर्न नसक्दा बजारमा गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छ। कतिपयले थाहा नपाएरै विषाक्त स्यानिटाइजर घरका कोठा–कोठामा सजाएका छन्। उत्पादक कम्पनीले स्यानिटाइजरको लेभलमा मेथानल मिसाइएको उल्लेख नगरी बिक्रीवितरण गरिरहेकाले सचेत हुन विज्ञको सुझाव छ।

कोरोना महामारीमा अत्यधिक उपयोग भइरहेको स्यानिटाइजरमा मेथानल मिसाउने कार्य नेपालसहित विभिन्न मुलुकमा भइरहेको छ। विभागका महानिर्देशक नारायण ढकाल स्वदेशमा उत्पादित र विदेशबाट आयातीत सबै स्यानिटाइजरको परीक्षण गर्न नसकिएको स्वीकार गर्छन्। ‘केही नमुना संकलन गरी परीक्षण गर्दा पाँचवटा कम्पनीको स्यानिटाइजरमा विषाक्त पायौं’, महानिर्देशक ढकाल भन्छन्, ‘अरू थप स्यानिटाइजर पनि परीक्षण गर्दै छौं।’ आयातीत स्यानिटाइजर पनि गुणस्तरहीन हुन सक्ने उनको ठम्याइ छ।

गुणस्तरहीन स्यानिटाइजरका कारण कतिपयको छालामा एलर्जी देखिएको छ। डा. काफ्लेका अनुसार अमेरिकामा पनि मेथानल  मिश्रित स्यानिटाइजर प्रयोग नगर्न सरकारले आह्वान गरेको छ। ‘मेथानल पेटमा पुगेपछि बान्ता हुन्छ। रक्सी बनाउँदा पनि मेथानलको प्रयोग हुन्छ’, उनी भन्छन्, ‘रक्सी खाएर कसैको ज्यान जान्छ भने त्यसको कारक मेथानल हो।’ कोरोना त्रासका कारण पटक–पटक स्यानिटाइजर दल्ने प्रवृत्ति देखिएको छ। वरिष्ठ मनोचिकित्सक डा। अनन्त अधिकारीका अनुसार, पटकपटक स्यानिटाइजर घस्नु पनि मानसिक समस्या हो। यसलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) भनिन्छ।

२० सेकेन्ड हात धोऊँ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका साथै अन्य सरुवा रोगविरुद्धको लडाइँमा साबुनपानीको प्रयोग प्रभावकारी हुने जनाएको छ। हात धुँदा औंलाको बीचमा, हातको अगाडि एवं पछाडि र नङलाई राम्ररी धुनुपर्छ। जुन सबैभन्दा सस्तो र सजिलो छ। युनिसेफले पनि बगिरहेको पानीमा हात भिजाउने, मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच र नङलगायत सबै भागमा कम्तीमा २० सेकेन्डसम्म मिच्नुपर्ने सुझाव दिएको छ। बगिरहेको पानीमा हात पखाल्ने र सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात पुछ्ने हो भने कोरोना भाइरसको अवशेष नष्ट हुन्छ।

साबुनपानीले हात धुने कुरा ओझेल परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनको ठम्याइँ छ। ‘सफा पानी छ भने साबुनले हात धुनु सबैभन्दा राम्रो हो। साबुन र सफा पानी नभएको अवस्थामा विकल्पमा मात्र स्यानिटाइजरको प्रयोग गर्ने हो’, डा. पुन भन्छन्, ‘विज्ञापनका कारण साबुनपानीले हात धुने कार्य ओझेलमा पर्‍यो। स्यानिटाइजरको प्रयोगले महत्व पायो।’ संगठनले पनि कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचीमिची हात धुने कार्यलाई पहिलो प्राथमिकता दिएको छ। अन्नपुर्णपोष्ट दैनिक