२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले बेटिङ एपमार्फत ठूलो रकम अनलाइन (जुवा) सट्टावाजी गर्ने समूहलाई पक्राउ गरेको छ ।

विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरु अन्तर्गत ८ भन्दा बढी बेटिङ साइटहरुको प्रयोग गरी हारजित भएको रकम भारतको विभिन्न बैंक खाताबाट डिपोजिट/विदड्र गरी अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेका १० भारतीय र १४ जना नेपालीसहित २४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुसँग बरामद गरिएको ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा ३ अर्ब ४ करोड ७३ लाख ६ सय रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतका अजित कुमार, मुकेश मण्डल, मनोज कुमार बजाज, सुमित खत्री, प्रबात कुमार साह, ओम प्रकाश खत्री, रवि प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय, मनोज कुमार रहेका छन् । यस्तै, १४ जना नेपालीमा टंक बहादुर पछाई, तेज बोगटी, लक्ष्मण विस्ट, अविनाश जि.सि., हरि बहादुर जिसि, समिर खड्का, बिक्रम पछाई, अशोक जिसि, भिष्म वली, हेमन्त लोहनी गौतम, गोपाल बिस्ट, सुजन जिसि, हेमन्त धामी, र रवि बिस्ट रहेका छन् ।

उनीहरुले ललितपुरको सानेपामा दुई वटा घर भाडामा लिई व्यावसायिक तबरले अनलाई जुवा खेल्ने–खेलाउने गर्दै आएका थिए ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।