२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटबाट देवलालको मृत्यु, पुण्यप्रसाद पक्राउ



अ+ अ-

दमक, (झापा) । कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।

विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो । बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस