६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं। बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३२ वर्षीय सुशिल नेपाल र बाँके बैजनाथ गाउँपालिका-३ गाभर घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुष्मिता परियार रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका सुशिललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी सुष्मितालाई काठमाडौं अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।

सुशिललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ भने सुष्मितालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।