७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

जङ्गली हात्तीको आङ्तक

जङ्गली हात्तीको आङ्तक
file
अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कामा जङ्गली हात्तीले स्थानीयवासीलाई आतङ्कित बनाएको छ । जङ्गली हात्तीले श्रीलङ्कामा घर भित्र्याउने तयारीमा रहेको धानबाली र उखुखेतीमा क्षति पुर्याएको छ । श्रीलङ्काका नागरिक नदी कटानसँगै जङ्गली हात्तीबाट समेत पीडित बनेका छन् । त्यहाँका नागरिक वर्षेनी बालीनाली उब्जनी हुने बेलामा हात्तीको आतङ्क सहन बाध्य छन् ।

केही दिनअघि आएको हात्तीको बथानले स्थानीयवासीको दर्जनौँ बिघामा लगाइएको धानखेती र दुई घर भत्काएको रुपा बोहराले बताउनुभयो । “हात्तीको बथानै आउने गरेको छ”, बोहराले भन्नुभयो, “रातिको समयमा आगो बालेर, बाजा बजाएर हात्ती भगाउने गरेका छौँ, हात्ती भगाउन रातभर जाग्राम बस्ने गरिएको छ ।”

बस्तीमा धान पाक्ने सयममा दैनिक जङ्गली हात्ती आउन थालेका स्थानीयवासी तिलक बोहराले बताउनुभयो । “यो आजको समस्या होइन, हरेक वर्ष हामी हात्तीबाट पीडित बन्दै आएका छौँ, हात्तीले वर्षेनी दुई/चार घर भत्काउने र दर्जनौँ बिघा खेती खाइदिने गरेका छन्”, तिलकले भन्नुभयो, “यहाँ खेती राम्रो हुन्छ तर जोगाउनै मुस्किल हुन थालेको छ, एकातिर नदी कटान तीव्र छ, अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको छ ।”

विसं २०४० अघि श्रीलङ्कामा ५०० परिवारको बसोबास थियो । नदी कटान र हात्तीले सताउने भएपछि धेरै परिवारले त्यो ठाउँ छाडे । श्रीलङ्कामा अहिले करिब ५० परिवारको बसोबास छ । त्यहाँ दुई हजार बिघा क्षेत्रफलमा धानखेती र करिब ५० बिघामा उखुखेती हुने गरेको छ । कर्णाली नदी कटानले गर्दा उर्वर खेतीयोग्य जमिन मासिँदै गएको छ । नदी कटानले बचेको जमिनमा अन्नबालीको फसल राम्रो फल्छ । धान घर भित्र्याउने समयमा सहजै भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथान आएर क्षति पुर्याइरहेको बोहराले बताउनुभयो ।

हात्तीले आतङ्कित भएका स्थानीय हात्ती नियन्त्रण तथा धपाउनका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गर्दछन् । हात्ती आएर घर भत्काउने र अन्नपात नष्ट गर्ने भएकाले रातभर जागाराम बस्ने गरेको स्थानीयवासी नयाँराम बुढाले बताउनुभयो । यहाँका बासिन्दा दीर्घकालीन समाधानका लागि करेन्टसहितको तारबार लगाइदिनुपर्ने माग गर्न थालेका छन् । उनीहरुले हात्ती भगाउन उच्च टहरा भए सहज हुने भएकाले हटरा निर्माण गरिदिन स्थानीय तहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

श्रीलङ्कामा नदी कटानले करिब ५०० बिघाको टापु बनेको छ । यहाँ वर्षेनी कर्णाली नदीले दर्जनौँ बिघा जमिन कटान गर्ने गरेको छ । टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला विपद्को जोखिममा रहेको वडा भएकाले यहाँका नागरिकका समस्या समाधानका लागि नगरपालिका गम्भीर भएको बताउनुभयो ।