९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ?

विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ?
अ अ+ अ-

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समूह हमासले एक बर्षभन्दा लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेका विपिन जोशीको रिहाइको पर्खाइमा नेपाल सरकार रहेको छ । उनी आजै रिहा हुने चर्चाले त्यो पलको प्रतिक्षा गरेपनि आज नै उनी मुक्त हुने सम्भावना भने देखिएको छैन ।

गएराति हमासको वेबसाइटको हवाला दिँदै विपिनको नाम रहेको एक डकुमेन्ट सार्वजनिक गरिएको छ र त्यसको ५८ औँ नम्बरमा विपिनको नाम रहेको छ । त्यो लिष्टलाई हमासले बन्दी बनाइराखिएका व्यक्तिहरुको लिष्ट भनिएको छ । तर त्यसको आधिकारित पुष्टि इजरायल सरकार या हमास आफैँले पनि गरेको छैन । सामाजिक सञ्जालमा भने विपिनको रिहाइ हुनै लागेको चर्चा जारी छ भने कतिपयले यसका लागि पहलकदमी लिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद समेत दिएका छन् ।

तर आजसम्म आइपुग्दा के स्पष्ट भएको छ भने विपिन जिवीतै छन् र हमासको नियन्त्रणमा गाजामा छन् । आफू परराष्ट्र मन्त्री नियुक्त भएपछि शिष्टाचार भेटका लागि आएका विभिन्न देशका राजदूतहरुलाई मन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने गरेकी थिइन् । यसैक्रममा नेपालका लागि इजरायली राजदूतले विपिन जिवितै रहेको सूचना दिएपछि मन्त्री डा राणाले विश्व समुदायलाई थप अपिल गर्दै आएकी हुन् । उनले विपिनको बारेमा जानकारी लिन प्रायः महिनामा दुई पटक जति इजरायली राजदूत हानन गोदरलाई मन्त्रालयमा बोलाउने गरेकी थिइन् । त्यहीक्रममै राजदूत गोदरले इजरायल सरकारले विपिन जिवीतै रहेको सूचना पाएको बताएका थिए ।

विपिनको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय समुदाय तथा हमासको सम्पर्कमा रहेका राष्ट्र, तिनका विदेशमन्त्री एवं नेपालस्थित राजदूतहरुसँग विशेष आग्रह गरेकी छिन् । उनी गएको असोज महिनामा संयुक्त राष्ट्रसंघको महासभामा गएका बेला त्यहाँका विभिन्न द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ता हुन् कि अन्तर्राष्ट्रिय मञ्चहरुमा सम्बोधनका क्रममा होस् विपिनको रिहाइको एजेण्डा सबैभन्दा पहिला राख्ने गरेकी थिइन् ।

महासभाकै क्रममा आयोजना भएका जि ७७ प्लस चीन, जि २० बैठकहरुमा सम्बोधन गर्ने क्रममा पनि उनले विपिनको रिहाइका लागि विश्व समुदायसँग अपिल गरिन् । उनले आफ्नो देशका युवा निर्दाेष रहेकाले उनको रिहाइका लागि पहल गरिदिन विश्वका अधिकारवादीहरुसमक्ष समेत अनुरोध गरिन् । मन्त्री डा राणाले पछिल्ला केही हप्ता यता इजरायल र हमासबीच युद्धविरामका लागि काम गरिरहेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरुसँग निरन्तर कुराकानी गरिरहेकी छिन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत बर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको हो । विशेषगरी मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्च एवं तिनका बैठकहरु तथा उहाँसँग शिष्टाचार भेट गर्न आएका विभिन्न देशका राजदूतहरुलाई विपिनको रिहाइका लागि पहल गरिदिन सुरुमै आग्रह गर्ने गरेकी छिन् ।

केही दिन अघि इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएका खबरहरु आए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले सपथ लिने २० जनबरी अगावै हमासलाई बन्दीहरु रिहा गर्न दबाब दिन थाले । त्यसयता मन्त्री डा राणाले आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाइन् ।

हमासहरुले युद्धविराम गर्ने र पहिलो चरणमा ३४ जना बन्दी रिहा गर्ने भन्ने सूचना सार्वजनिक गरे । त्यसपछि मन्त्री डा राणाले यही माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमा नै विपिन जोशीको रिहाइका लागि आग्रह गरिन् ।

खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । सोही राति नै इजरायल सरकार र हमासका बीचमा युद्धविराम हुने चर्चा सुरु भएको थियो । र हमासले पहिलो चरणमा केही बन्दी रिहाई गर्ने तयारी गरिरहेको खबर बाहिर आएको थियो ।

सोही दिन साँझ नै मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारलाई फोन गरेर हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह गरेकी थिइन् ।

आफू उपचारका लागि बैकक रहेका बेला पनि मन्त्री डा राणाले सो पहललाई निरन्तरता दिइन् । उनले माघ ७ गते इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरिन् ।

इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्ने प्रक्रियाको थालनी गरेलगत्तै परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग अपिल गरेकी हुन् ।

त्यस वार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाललाई सहयोग गर्न अपिल गरिन् । त्यसपछि विदेशमन्त्री डा अब्देलले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने आश्वासन समेत दिएका थिए ।

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले जारी राखेको यो पहलले कहिले सार्थकता पाउला भन्ने कुराको पर्खाइ ब्यग्र रुपमै छ । मन्त्री डा राणाको यो कूटनीतिक पहलकदमी र सक्रियताबाट विपिनको परिवार र आफन्तजनहरु भने खुसी छन् । विपिनका बुबाआमाले मन्त्रीको यो पहल र प्रयास सार्थक बनोस् र आफ्नो सन्तानलाई छिट्टै घरमा स्वागत गर्न पाउँ भनी कामना गरिरहेका छन् ।