७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

बहत्तर सालपछि ५० हजार परकम्प, विज्ञहरु भन्छन्- परकम्प अझै आउँछन्

बहत्तर सालपछि ५० हजार परकम्प, विज्ञहरु भन्छन्- परकम्प अझै आउँछन्
अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन । पुनस्निर्माणको अन्तिम चरणमा रहेको रानीपोखरी बीचको मन्दिर बनाउनका लागि बुधबार इँटा बोक्दै महिला । ०७२ को भूकम्पपछि गरिनुपर्ने अधिकांश पुननिर्माण बाँकी नै छन् । भूकम्प प्रतिरोधी संरचना बनाउन भवन संहिता २५ वर्षपछि अद्यावधिक गरिए पनि प्रमाणीकरण हुन नसक्दा अझै जोखिमपूर्ण संरचना बनिरहेका छन् । 

२०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म ५० हजारभन्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् ।

हो, बुधबारको कम्पन पनि गोरखा भूकम्पकै आफ्टरसक हो,’ युनिभर्सिटी अफ पेरिस ९फ्रान्स० बाट ‘गोरखा भूकम्पपछिका परकम्प’ बारे विद्यावारिधि गरिरहेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बुधबार कान्तिपुरसँग भने, ‘बारपाक केन्द्रबिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूकम्प गइरहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’ केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

केन्द्रले २ म्याग्निच्युडभन्दा साना कम्पनको भने रेकर्ड राख्दैन । साना कम्पनहरू लाखौं गएका हुन सक्छन् । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको कम्पन भने २०७२ जेठपछिको सबैभन्दा ठूलो परकम्प हो । यसअघिका सबैजसो परकम्प ६ म्याग्निच्युडभन्दा साना थिए । २०७२ जेठमा ६ म्याग्निच्युडकै परकम्प गएको थियो, त्यसले वैशाख १२ को पहिलो धक्का बढी भएको क्षेत्रमा क्षतिसमेत निम्त्याएको थियो ।

भूकम्पविद् एवं खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पको दरार ९रप्चर० बढी भएको क्षेत्रमा परकम्पहरू आउने क्रम जारी रहेको बताए । ‘गोरखादेखि दोलखासम्मको भागमा यस्ता आफ्टरसक आइरहन्छन्,’ उनले भने, ‘यसको मतलब जोखिम बढ्यो भन्ने होइन, रप्चर क्षेत्रमा यस्तो क्रम चलिरहन्छ ।’

त्यसो त, भदौ २४ गते पनि रप्चर क्षेत्रमा पर्ने धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो पनि परकम्प हो । त्यसअघि भदौ १९ मा संखुवासभालाई केन्द्रबिन्दु बनाएर ४ र भदौ ९ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ४।७ म्याग्निच्युडका भूकम्प गएका थिए, तीचाहिँ गोरखा भूकम्पको दरारभन्दा बाहिर थिए । भदौ २६ गते पनि नेपाल–भारत सीमाक्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

छोटो अवधिमा पटक–पटक भूकम्प गइरहेकाले सर्वसाधारणलाई भूकम्पीय जोखिम बढेको जस्तो लागे पनि विशेषज्ञहरू भने त्यसलाई सामान्य भनी व्याख्या गर्छन् । ‘नेपाल जहिल्यै भूकम्पीय जोखिममा छ,’ अधिकारी भन्छन्, ‘गोरखा भूकम्पअघि पनि भूकम्प आइरहेका थिए । अहिले आफ्टरसक आइरहेका छन् । भूकम्पीय जोखिम घट्यो र बढ्यो भनेर आकलन गर्न सकिन्न ।’

स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प शास्त्रमा विद्यावारिधि गरिरहेका शिव सुवेदी भने गोरखा भूकम्पको दरार बारपाकभन्दा पूर्वी क्षेत्रतिर भएकाले क्षति पनि गोरखादेखि दोलखासम्मको भागमा बढी भएको बताउँछन् । ‘पश्चिमतिरको भागमा किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ,’ उनको विश्लेषण छ, ‘सामान्यतः भूकम्प गइरहने स्थानको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा बढी भएको छ ।’

सुवेदीका अनुसार नेपालको परिवेशमा सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ भन्न सकिन्छ । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औं स्थानमा छ । ‘तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निच्युडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन,’ उनको भनाइ छ, ‘२०७२ पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् ।’

केन्द्रका भूकम्पविद् अधिकारी पनि नेपालको पश्चिम भागमा भूकम्पीय जोखिम अन्यत्र भागमा भन्दा बढी भएको व्याख्या गर्छन् । ‘पश्चिम क्षेत्रमा विगत ५ सय वर्षभन्दा धेरै समयदेखि महाभूकम्प वा विनाशकारी भूकम्प गएको छैन,’ उनले थपे, ‘जमिनमुनिको प्लेटको गति र जमिनमुनिको अवस्थालगायत अन्य धेरै तथ्यको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प जान सक्छ भने निष्कर्षमा पुगेका छन् ।’

‘हिमालय टेक्टोनिक्स सेस्मोलजी ९भूकम्प०’ मा विद्यावारिधि गरेका दीपक चम्लागाईंका अनुसार नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत पर्छ । यो थ्रस्टकै कारण नेपाल सधैं भूकम्पीय जोखिममा परेको उनको विश्लेषण छ । ‘इन्डियन प्लेट र तिब्बती प्लेटबीचको जब संघात (कोलिजन) हुन्छ, यो सञ्चित इनर्जीमा सिधै असर गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ,’ उनको टिप्पणी छ, ‘प्लेट माथितिर ठेलिँदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ ।’

इन्जिनियरिङ सिस्मोलजीमै इटालीबाट पोस्ट डक्टरेट गरेका चम्लागाईंका अनुसार अनुसन्धानले काठमाडौंसँगै वरिपरिको क्षेत्र झन् ठूलो भूकम्पीय जोखिममा रहेको देखाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदनमा सन् १२५५ को अभिलेखअनुसार हिन्दु–यारलुब रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ म्याग्निच्युडको भूकम्प जाने गरेको उल्लेख छ । १९९० मा ८.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसरी भूकम्प जानुको कारण हो– नेपालको दक्षिण सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षर्अघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । ‘भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टानबीचको संघात एक नमूना हो,’ हङकङ विश्वविद्यालयका भौतिकशास्त्री डा। लुब एस चाब भन्छन्, ‘भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर बसेको २ सेन्टिमिटरका दरले अगाडि बढिरहेको छ । भौतिक विज्ञानका हिसाबमा यो ज्यादै द्रूत हो ।’ यी दुई प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो सतह चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विस्फोटनसँग तुलना गर्छन् ।

नेपाल यस्तो थेचारिएको भनिएको धाँजामा परेको छ, जहा एक टेक्टोनिक प्लेट अर्कोमाथि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृंखला नै हो । यो धाँजा १४ सय माइलसम्म पसारिएको छ । अनि भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले यी शृंखलाको उचाइ हरेक वर्ष एक सेन्टिमिटरले बढिरहेको छ । टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तीनको आधुनिक मापनले के देखाउँछ भने लगातार एकै खालको ऊर्जा संकलन भइरह्यो भने यो क्रम हरेक ४० र ५० वर्षमा महाभूकम्प जाने वैज्ञानिकहरू बताउँछन् । कान्तिपुरमा खबर छ