२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट रु तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु  एक लाख ६० हजार ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ
यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
समाचारकक्षका अनुसार उनीहरूले हालसम्म रु दुई करोड ४१ हजार ६ सय ३६  बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद रु ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड,  विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ ।