२२ भाद्र २०८३, सोमबार
,
Latest
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा



अ+ अ-

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताउनुभयो ।