२२ भाद्र २०८३, सोमबार
,
Latest
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर)



अ+ अ-

नयाँ दिल्ली । भारतले आइतबार ७६औ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।

आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरेको थियो ।

भारतको गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिको रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो उपस्थित भएका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मुले सलामी ग्रहण गरेपछि परेड सुरु भएको थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका शीर्ष सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू उपस्थित भएका थिए ।

परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शनको साथै भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गरिएको थियो ।

तस्बिरहरुः एएफपी