२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ



अ+ अ-

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए ।

मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारेका छन्।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ । उनले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताए ।

वर्तमान सरकारले अर्थतन्त्र सुधारसहित सुशासन र विकास प्राथमिकतामा राख्दै जनताको चाहनाअनुसार विकास गरिरहेको सञ्चारमन्त्री गुरूङले बताए । चाहे जति विकास भइनसके पनि विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उनको भनाइ छ ।

त्यस्तै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले प्रदेश सरकारले जनताको प्राथमिकताका आधारमा काम गर्दै आएको बताए ।